नेपाल अफगानिस्तानसँग खेल्दै
काठमाडाैं | मंसिर २४, २०८०
काठमाडौं: नेपालले एसिसी यू–१९ एसिया कपमा आज अफगानिस्तानसँग खेल्दैछ । खेल बिहान ११ः१५ मा दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा सुरु हुनेछ । नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।
आजको खेलमा यदि पराजित भएमा नेपालको सेमिफाइनल सम्भावना अंक गणीतिय बाँकी हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता अफगानिस्तानले भारतसँग ७ विकेटले हारेको थियो । दुबै टोली पहिलो जितको सोचमा हुनेछन् ।
नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ । पहिलो खेलमा हारपछि शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न बाँकी दुबै खेलमा जित हात पार्नुपर्ने हुन्छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह बी मा युएई, जापान, बंगलादेश र श्रीलंका छन् । आजको अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

